मदन तिमल्सेना तनहु,
१८असोज -तनहुँमा आइतबार २७ जना कोरोना संक्रमित थपिएका छन् ।
तनहुँको व्यास नगरपालिकामा १४ जना, शुक्लागण्डकी नगरपालिकामा ७ जना, देवघाट गाउँपालिकामा ३ जना, बन्दिपुर गाउँपालिकामा २ जना र आँबुखैरेनी गाउँपालिकामा १ जना कोरोना संक्रमित थपिएका हुन ।
क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा १८ जना, चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा ८ जना र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा १ जनालाई संक्रमणको पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको छ । तनहुँको व्यास नगरपालिकामा धेरैलाई कोरोना संक्रमण बढेको छ ।
FACEBOOK COMMENTS