अन्जनराज न्यौपाने
तनहुँ, १२ अषाढ -तनहुँका थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तनहुँको व्यास नगरपालिलकाका वर्षर ३० र ४९ का २ जना प्रुषमा सं संक्रमण पुष्टि भएको हो । तनहुँको म्याग्दे गाउँपालिकाका ३१, ४४, २२, ५३, ४५, २० र २९ वर्षका पुरुषहरुमा कोरोना संक्रमण पर्यो भने २३ र ३४ वर्षका महिलाहरुमा संक्रमण पुष्टि भएको थियोे ।
हालसम्म जिल्लाको व्यास नगरपालिकामा १० जना, ऋषिङ गाउँपालिकामा ३२ जना, भानु नगरपालिकामा ४ जना, घिरिङ गाउँपालिकामा २५ जना, शुक्लागण्डकी नगरपालिकामा ५ जना, बन्दिपुर गाउँपालिकामा १० जना, आबुखैरेनी गाउँपालिकामा ३ जना, भिमाद नगरपालिकामा ३ जना, देवघाट गाउँपालिकामा १ जना र म्याग्दे गाउँपालिलका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ९ जना निको भएर घर फर्किरएका प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारीले बताए ।
FACEBOOK COMMENTS