अन्जनराज न्यौपाने/ मदन तिमल्सेना
तनहुँ, २९ असार – तनहुँका विभिन्न स्थानमा गएराती देखि परेको भारि बर्षाका कारण पहिरोमा पुरिएर ११ जनाले अकालमा ज्यान गुमाएका छ्न भने १ जना बेपत्ता भएका छन्।
व्यास नगरपालिका-९ माझफाटमा पहिरोले पुरिएर एक जना ७० वर्षीया बृद्धाको मृत्यु भएको छ ।त्यस्तै सोही स्थानको अर्को एकै घरका अन्य ४ जनाको पनि घटना स्थलमै मृत्यु भएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले बताए ।
मृत्यु हुनेमा व्यास-९ माझफाटका कमला थापा, उनका ठुलो छोरा मदन थापा, अर्का छोरा राजेश थापा र बुहारी अन्जना थापा रहेका छन्। सोही घरमा पुरिएका अन्दाजी ५० वर्षीय केशव थापाको उद्धार गरेर अस्पताल पठाइएको छ। यसैगरी
जिल्लाको म्याग्दे गाउँपालिकामा- १ जना र व्यास नगरपालिकामा ५ जना, ऋषिङ गाउँपालिकामा ५ जनाको मृत्यु भएको छ । त्यस्तै व्यास नगरपालिकाका १ जना बेपत्ता भएका छन ।
जिल्लाको म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा अचानक घरमाथिबाट आएको पहिरोले घर भत्किँदा १५ वर्षीय लक्ष्मी विकको मृत्यु भएको छ।‘पहिरोले किचे लगत्तै अन्य परिवारका सदस्यहरुले भने भागेर ज्यान बचाउन सफल भएका थिए ।
त्यस्तै ऋषिङ गाउँपालिका–८ पल्ट्याङस्थित भैसीकिलीमा पहिरोले घर बगाउदा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । आईतवार राती १ बजे घरमाथि रहेको सडकबाट खसेको पहिरोले आन बहादुर थापाको घर बगाएको थियो ।
पहिरोमा परि थापाका दुई छोरा, दुई बुहारी र एक नातिनीको मृत्युको छ।आनबहादुर थापाका ३० वर्षका छोरा भेष बहादुर थापा, २८-वर्षिय बुहारी नानुमाया थापा र पाँच वर्षकी नातिनी अमिसा थापासंगै अर्का छोरा २२ बर्षका महादेव थापा र बुहारी मनिसा थापाको पनि मृत्यु भएको थियोे ।भेष बहादुर थापाको शव निकालिएको र अन्यको निकाल्ने काम भईरहेको छ। घाइते आनबहादुर थापाकी श्रीमती ५८ वर्षिया ज्योती थापालाई उपचारको लागि पोखरा पठाईएको छ।
त्यस्तै बेपत्ता हुने एक पुरुषमा व्यास-११ राम्चे ओडारेका पदम चेपाङ्ग रहेका छ्न । उनको खोजि कार्य तिब्र पारिएको छ।
यस्तै, म्याग्दे खोलाको तुरतुरेमा खोलाले एक घर बगाएको छ भने जनजागृती मोटरमार्गको मोटरेवल पुल पनि भासिएको छ । त्यस्तै म्याग्दे–७ घुम्तीमा म्याग्दे र स्याङदे खोलाले त्यहाँका घरहरु डुबानमा परेका छन् भने एउटा मोटरेवल पुल अति जोखिममा परेको छ भने अस्थायी कजवे बगाएको स्थानियले बताएका छन् ।
त्यस्तै जिल्लाको भिमादबाट मालेवगरतर्फ जाने बुडुवा खोलामाथिको मोटरेबल पुल समेत उच्च जोखिममा रहेको स्थानीय आशिष पुरीले बताए ।शुक्लागण्डकी नगरपालिका ११ जरेबरमा बर खोलाले काठे पुल बगाएको स्थानीय गणेश क्षेत्रीले बताए।भिमाद नगरपालिका ८ जोड्ने उक्त पुल बगाएपछि खोला वारपार गर्न समस्या भएको क्षेत्रीले बताए ।’खोलाले जरेबरको बस्तीतर्फ नदी कटान रोक्न हालिएको जाली ग्याबिन समेत बगाउँदा १० घर जोखिममा परेको छ’उनले भने।
यस्तै मुसलधारे बर्षाका कारण ब्यास नगरपालिका -४ सितलचोकमा सोमबार विहान ६वजे पहिरो जाँदा बुदी नेपालीको दुई कोठे अर्ध पक्की घर बगाएको छ।नेपालीहरु गाँउको घरमा गएको बखतमा पहिरो गएकाले मानविय क्ष्यति भने हुन नपाएको ब्यास -४ का वडाध्यक्ष विश्वराज न्यौपानेले जानकारी दिए।
त्यस्तै पृथ्वी राजमार्ग सहित अन्य सडक समेत पहिरोकाकारण केही समय अवरुद्ध भएको तनहुँका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले जानकारी दिए ।जिल्लाका विभिन्न स्थानहरूमा खोला र नदिमा पानीको बहाब बढे सगै जिल्लाका अति विकट स्थानहरु मानिने बैदी, कोटा, छिप्छिपे, रिसिङ, घिरिङ, कोटदरबार, हुस्लाङ,छिम्केश्वरी जस्ता स्थानहरुमा पहिरोले बाटो अबरुद्ध पारेको छ। यस्तै तनहुँको साँगे, सेती, मादी, बुल्दी, लगाएतका ठुला खोलाहरुले भारी बर्षाका कारण खेत,घर,बस्तीहरुलाई असर पारेको छ।
यस्तै ब्यासनगरपालिका स्थित ब्यास-५ को १७ किलोमिटर खेतको नहर गएरातिको बर्षाकाकारण बगाएको छ। बर्षाले नहर बगाएपछि कुल १० हजार बढी मोहीहरु प्रत्यक्ष प्रभावित हुने भएका छन्। स्थानीय कृषक लक्ष्मी शर्माले आफुले १२ रोपनी जग्गाकालागि ५सय ८० प्रति प्याकेट का दरले ६ हजार ९ सय६० रुपैयाँ खर्च भएको प्रति दुख ब्यक्त गरिन । १० हजार बढी मोहीहरुले खेत रोप्न भनी पतेनीटार,साँगे, काउराको फेद,सेरा, बर्राबोटे, रानीटारी, नेपालटार जस्ता अति उर्बर धानफल्ने स्थानहरु कुलो पहिरो गएपछि धान रोपाइँकालागि भनेर राखेको बीउ अनाहकमा खेर जादाँ स्थानीय कृषकहरू अतिनै दुखि भएको उनले बताईन्। नहरका विभिन्न स्थानका काँधी समेत फेदै लाएर गएपछि बनाउन ३ महिना लाग्छ धान रोप्न ढिलाइ हुन्छ उनले लामो सुस्केरा हाल्दै भनिन्।
जिल्लाका विभिन्न स्थानहरुमा मानविय तथा भाैतिक क्षती पुर्याएको कारणले उद्वार कार्य तिव्र रुपमा भैरहेको तनहुका प्रमुख जिल्ला अधिकार बद्रीनाथ अधिकारले बताए ।
सुरक्षाकर्मी र स्थानीय व्याक्तिहरुद्वारा वेपत्ताको खोजि कार्य जारि रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक(एसपी) अरुण पौडेलले जानकारी दिए ।
तनहु जिल्लामा पहिरोमा पुरिएर ११ जनाको मृत्यु भएको र बेपत्ता १ जना रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् डिसपि युवराज तिमल्सेनाले जानकारी दिए ।
बाढी पहिरोका कारण तनहुँ जिल्लाको धेरै जसो ठाउमा विद्युत सेवा अवरुद्ध रहेको छ । फोटो : मदन तिमल्सेना
FACEBOOK COMMENTS