अन्जनराज न्यौपाने
तनहुँ ९ असार – जिल्लाको पर्यटकीय नगरी बन्दिपुर गाउँपालिकामा २ जना स्वास्थ्यकर्मी, १ जना सुरक्षाकर्मी(प्रहरी) सहित ११ जनामा काेराेना पुष्टि गरिएको छ । सोमबार ११ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै गाउँपालिकाले आपतकालिन बैठक राख्दै गाउँपालिका भित्र एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको बन्दिपुर गाँउपालिकाका अध्यक्ष पुर्णसिंह थापाले बताए । बन्दिपुर गाउँपालिकाले गाउँपालिकाको कार्यालय र इलाका प्रहरी कार्यालय बन्दिपुर १ हप्ताका लागि बन्द गर्ने निर्णय गरिएको अध्यक्ष थापाले जानकारी दिए।
यसका साथै गाउँपालिका सबै सरकारी कार्यालय, गैरसरकारी संस्था, निजी क्षेत्र, बैङ्क तथा वित्तीय संस्था २ हप्ताका लागि बन्द गर्ने निर्णय गरिएको छ।
हालसम्म जिल्लाको व्यास नगरपालिकामा ८ जना, ऋषिङ गाउँपालिकामा ३२ जना, भानु नगरपालिकामा ४ जना, घिरिङ गाउँपालिकामा २४ जना, शुक्लागण्डकी नगरपालिकामा ५ जना, बन्दिपुर गाउँपालिकामा ११, आबुखैरेनी गाउँपालिकामा ३, भिमाद नगरपालिकामा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जेठ १८ गते तनहुँमा पहिलो संक्रमित भेटिएका थियो । यस अवधिमा जिल्लामा संक्रमितहरुको संख्या ९० जना पुगेको छ भने ९ जना निको भएर आफनै घर फर्किएका तनहुँ जिल्लाका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले जानकारी दिए।
FACEBOOK COMMENTS