अन्जनराज न्यौपाने
तनहुँ, ६ असार -तनहुँमा कोरोना संक्रमितहरुको संख्या २५ पुगेको पुष्टि गरिएको छ। जिल्ला स्वास्थ्य कार्यालय तनहुँले दिएको जानकारी अनुसार जिल्ला स्थित ऋषिङ गाँउपालिकाका २१ जनामा कोरोना संक्रमण भएको पुष्टि गरिएको छ भने ब्यास नगरपालिकामा पनि( २ जनामा संक्रमण पुष्टि भएको हो।
यसैगरी, जिल्लाको दक्षिण पश्चिम भेग शुक्लागण्डकी नगरपालिकाका २ जनामा पनि संक्रमण पुष्टि भएसँगै शनिबार सम्ममा कुल २५ जनामा कोरोना संक्रमण भएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ।
FACEBOOK COMMENTS