काठमाण्डौँ — १ सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको निर्माणकार्यका लागि छुट्टाछुट्टै २ कम्पनीसँग सोमबार ठेक्का सम्झौता भएको छ।
हेडवर्कसका लागि इटलियन कम्पनी सिएमसी तथा सुरुङ, हाईड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल कार्यका लागि सिनो हाइड्रोसँग आयोजना निर्माण कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडले संझौता गरेको हो।
जलाशययुक्त उक्त आयोजनाको नदी फर्काउने, बा“ध बनाउने लगायतका पहिलो प्याकेजका संरचना(हेड वर्क) निर्माणका लागि इटालियन कम्पनी सिएमसी९कोपरेटिभा मुराटोरी एण्ड सिमेन्टिसी०सँग संझौता गरेको छ।
संझौतापत्रमा तनहुँ हाइड्रो पावरका प्रबन्ध सञ्चालक प्रदीपकुमार थिके र सिएमसीका आधिकारिक प्रतिनिधि सालभाटोरे कसियारोले हस्ताक्षर गरेका छन्।
संझौताअनुसार सिएमसीले २० अर्ब ५२लाख रुपैयाँमा उक्त कार्यसम्पन्न गर्नेछ।

दुवै प्याकेजको निर्माण कार्य दुई महिनापछि सुरु गरी सम्पूर्ण निर्माण कार्य डिसेम्बर २०२३ भित्र सक्ने लक्ष्य निर्धारण गरी ठेक्का सम्झौता गरिएको छ।

— नागरीक