अन्जनराज न्यौपाने ,
तनहुँ, १९ फाल्गुण -तनहुँ जिल्लाका तीन जना कांग्रेस नेताहरुले पार्टीको महत्त्वपूर्ण जिम्मेवारी पाएका छन्। महत्त्वपूर्ण जिम्मेवारी पाउने हरुमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व वनमन्त्री शंकर भण्डारीले नेपाल तरुण दलको सगठन विभागको प्रमुखको जिम्मेवारी पाएका छन् । यसैगरी तनहुँका अर्का प्रभावशाली नेता नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई नेपाली जनसम्पर्क विभागको प्रमुख र नेपाली काँग्रेस पार्टी तनहुँ जिल्ला कार्य समितिका पुर्व सभापति एवम् संविधान सभा सदस्य धु्रर्व वाग्लेलाई नेपाली काँग्रेसको केन्द्रीय कार्य समितिले आमन्त्रित केन्द्रीय सदस्यमाको जिम्मेवारी तोकेको हो।
नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवा द्धारा शनिबार कांग्रेसको विधान ,२०१७ ९संशोधन सहित० को धारा ३७ ९१० ूगू बमोजिम तनहुँका तीन प्रभावशाली नेताहरुलाई केन्द्रीय विभागहरूको प्रमुख र आमन्त्रित केन्द्रीय सदस्यमा मनोनयन गरेका थिए।
FACEBOOK COMMENTS