अन्जनराज न्यौपाने
तनहुँ, ३१ असार -तनहुँमा कोरोना संक्रमितहरुको संख्या १६४ पुगेको छ भने कोरोना संक्रमणबाट निको भएर घर फर्किनेको संख्या १०० पुगेको छ । जिल्लाका विभिन्न स्थानहरूमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले बताए । उनका अनुसार जिल्लाको भिमाद नगरपालिकामा २ र आँबुखैरेनी गाउँपालिकामा १ जना गरि ३ जना संक्रमित थपिएका छन् ।
संक्रमित ३ जनाहरुमा कोरोना पोजेटिभ देखिएको पुरुष लमजुङ राइनास नगरपालिका-१० घर भई हाल आँबुखैरेनीमा अस्थायी बसोबास गर्ने भारतिय सैनिक रहेका छन्।संक्रमित पुरुष रामशाह माविको क्वारेन्टाइनमा बस्दै आएका थिए । संक्रमितलाई जिपि कोइराला राष्ट्रिय स्वासप्रस्वास उपचार केन्द्रको आइसोलेसनमा पठाइएको छ ।
कोरोना संक्रमण भएका कुल १ सय जना निको भएर घर फर्किएका छन् ।हालसम्म जिल्लाको व्यास नगरपालिकामा २२ जना, ऋषिङ गाउँपालिकामा ४५ जना, भानु नगरपालिकामा ८ जना, घिरिङ गाउँपालिकामा २७ जना, शुक्लागण्डकी नगरपालिकामा १२ जना, बन्दिपुर गाउँपालिकामा २२ जना, आबुखैरेनी गाउँपालिकामा ५ जना, भिमाद नगरपालिकामा १२ जना, म्याग्दे गाउँपालिका १० जना र देवघाट गाउँपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रजिअ अधिकारीले जानकारी दिए।
FACEBOOK COMMENTS