मदन तिमल्सेना
फागुन ५, तनहु- छिम्केश्वरी हाम्रो आधार, ग्रामिण पर्यटन बिकासको पुर्वाधार भन्ने मुल नाराका साथ महाभारत पर्वतको एक उच्च पहाड छिम्केश्वरीमा महोत्सवको आयोजना गर्न लागिएको सोमबार एक पत्रकार सम्लेन गरि जानकारी दिईयो । छिम्केश्वरी पर्यटन विकास समितिको आयोजनामा हुन लागेको महोत्सवमा आबु खैरेनी गाउपालिका संरक्षकको रुपमा रहने छ । समुन्द्री सतहबाट २१३४ मिटर अग्लो तनहु जिल्लाको सबैभन्दा उच्च पहाड छिम्केश्वरीबाट नेपालका धेरै जिल्लाहरु देख्न सकिने उच्चकोटीको पर्यटकीय स्थल रहेको छ । छिम्केश्वरी डाडाबाट सुर्योदय र सुर्यास्तको प्रत्यक्ष दृश्यहरु देख्न पाईने, नेपालका प्रायश अग्ला हिमालहरु प्रष्टसग देख्न पाईने, ऐतिहासिक महत्वका गोर्खा दरवार, गोर्खा कालिका, मनकामना, ईच्छाकामना, थानीमाईको मन्दिर, मिर्लुगंकोट, तनहुसुर दरवार र बिशेष गरि तनहु , लम्जुगं, गोरखा, घादिङ, नुवाकोट नवलपरासी र चितवन जिल्लाका मनोरम दृश्यहरु देखिने भएकोले पनि आन्तरिक तथा बाह्य पर्यटकलाई उक्त स्थानमा पुर्याएर मनोरन्जन दिन जरुरी रहेको आयोजकको भनाई रहेको छ ।
फागुन २५ गतेदेखि २७ गतेसम्म चल्ने महोत्सवमा बिशेष गरि स्थानिय कला संस्कृति , स्थानिय खानपिनका साथै स्थानिय संस्कारहरुको बारेमा आगन्तुकहरुलाई जानकारी दिने लक्ष्य राखिएको सम्पदा नेपाल अध्यक्ष हरिसिंङ गुरुङले बताउनु भयो । आबुखैरेनी वा बन्दिपुरबाट गाडिको यात्रा र केहिसमयको पैदलयात्रापछि सजिलै पुग्न सकिने छिम्केश्वरी डाडोलाई नेपालभर चिनाउनको लागि र नेपाल भ्रमण बर्ष २०२० लाई सफल पार्नको लागि पनि यो महोत्सव महत्वपुर्ण रहेको उक्त कार्यक्रममा आबुखैरेनी गाउपालिकाका अध्यक्ष गिर बहादुर थापाले बताउनुभएको थियो । उक्त कार्यक्रममा विभिन्न सघंसस्थाहरुको प्रतिनिधिहरुको सहभागी रहेको थियो । उक्त कार्यक्रम अाबुखैरेनी गाउपालिका सुचना अधिकारीले शिखरलाल डेटेलले संचालन गर्नुभएको थियोे ।
FACEBOOK COMMENTS