मदन तिमल्सेना
तनहुँ, भाद्र २२ – तनहुँको सदरमुकाम दमौलीमा आइतबार देखि तनहुँ तरङग साप्ताहिक पत्रिकाको शुभारम्भ गरिएको छ । नेपाल पत्रकार महासंघका पूर्व उपाध्यक्ष एवं राष्ट्रिय दलित पत्रकार संघ तनहुँका अध्यक्ष एस. बि. नेपालीले रिबन काटेर पत्रिकाको शुभारम्भ गरेका छन् ।
पत्रकार समाजको ऐना भएकोले सत्यतथ्य समाचार संम्प्रेषण गरी सर्वसाधारणलाई सुसुचित गर्न सके मात्रै आमनागरिकहरुको मन जित्न सकिने अध्यक्ष नेपालीले बताए । समाजमा हुने बिकृति बिसंगति र जाति बिभेदलाई अन्त्य गर्दै समृद्ध समाज निर्माणको लागि शसक्त भएर कलम चलाउनु पर्नेमा उनले जोड दिए । राष्ट्रिय दलित पत्रकार संघ तनहुँका सल्लाहकार बिनोद कुमार बिक बिकासले देशको आमूल परिवर्तनको लागि संञ्चारकर्मीको महत्वपुर्ण भूमिका रहेको बताए ।
देशमा जुनसुकै शासन व्यवस्था ल्याउनका लागि गरिएका आन्दोलनमा नेपालका संञ्चारकर्मीहरुले अंग्रपंक्तिमा खटेर काम गरेका कारण सफल हुन सकेको उनले बताए । तनहुँ तरङ्ग साप्ताहिक पत्रिकाका प्रधान सम्पादक अन्जन न्यौपानेले पत्रिकाको नाउँ जस्तै व्यवहारमा पनि काम गरेर देखाउन सके पाठकको मन जित्न सकिने बताए ।
पत्रिकाका प्रकाशक सुरेश सुनारको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । तनहुँ जिल्लामा आठ वटा दैनिक पत्रिका, चार साप्ताहिक र नौ वटा एफ. एमहरु संञ्चालन हुदै आएका छन् ।
FACEBOOK COMMENTS