काठमाडौं । देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।
पूर्वानुमान शाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मौसम मुख्यतया सफा रहने सम्भावना रहेको छ । यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने आंशिक बदली रहने सम्भावना रहेको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना पूर्वानुमान शाखाले जनाएको छ । यता, आज तराईका धेरै भू–भागमा हुस्सु लागेको अवस्था छ । हुस्सु र कुहिरोको कारण तराईको जनजीवन प्रभावित भएको छ ।
FACEBOOK COMMENTS