काठमाण्डौँ — सरकारले तराईका विमानस्थल स्तरोन्नति गरी क्षेत्रीयस्तरको बनाउने भएको छ।
पाँच वर्षभित्र तराईका विराटनगर, नेपालगन्ज, धनगढी र जनकपुुर विमानस्थल स्तरोन्नति गर्न आवश्यक बजेटको व्यवस्था गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्र श्रेष्ठले जानकारी दिए।
तराईका विमानस्थल स्तरोन्नति गरी पाँच वर्षभित्रै सीमापारीका देशमा उडान गर्ने गरी (क्षेत्रीय) अन्तर्राष्ट्रियस्तरको बनाउन ६० अर्ब रुपैयाँको योजना तयार भएको हो।
प्रदेशस्तरीय विमानस्थलको क्षमता बढाउँदै अन्तर्राष्ट्रियस्तरको बनाउने योजना चालुु आवको बजेटबाट सुुरु भएको श्रेष्ठले जानकारी दिए।
— अन्नपूर्ण
FACEBOOK COMMENTS