काठमाडौं, मंसिर २८ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तातोपानी भन्सार कार्यालय सिन्धुपाल्चोकका प्रमुख भन्सार अधिकृत कृष्णबहादुर बस्नेतसहित ५ जनाविरुद्ध अकुत आर्जनमा मुद्दा दायर गरेको छ ।
बस्नेतविरुद्ध साढे १० करोड विगो कायम गरिएको छ । बस्नेतसहित उनकी श्रीमती, जेठान, जेठानकी श्रीमती र छोरालाई प्रतिवादी बनाइएको छ ।
३० वर्षे जागिरे जीवनमा बस्नेतले गैर कानुनी रुपमा सम्पत्ति आर्जन गरेर जेठान नविनकुमार गौलीलगायतका आफन्तको नाममा लुकाइ राखेको अख्तियारले दाबी गरेको छ ।
बस्नेतकी श्रीमती सबिता गौली बस्नेत, सकुन्तला गौली, छोरा शुलभ गौलीविरुद्ध मुद्दा दायर गरिएको छ । आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।
FACEBOOK COMMENTS