काठमाण्डौँ — गण्डकी विकास बैंकले २ शाखाको ओपचारीक उद्घाटन गरेको छ ।
ताप्लेजुङ्ग स्थित फुङलिङ शाखाको उद्घाटन फुङलिङ नगरपालिकाका मेयर छत्रपति प्याकुरेल र महोत्तरी जिल्ला स्थित बर्दिबास शाखाको उद्घाटन बर्दिबास नगरापालिकाका मेयर विदुर कुमार कार्कीले गरे ।
बैंकले केन्द्रिय कार्यालयका साथै देशका विभिन्न ठाउँहरुमा गरी ७७ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना, सहज र सरल रुपमा कर्जा योजनाको साथ सेवा प्रदान गरेको छ ।
FACEBOOK COMMENTS