काठमाडौँ — माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको साधारण शेयर आवेदनका लागि भदौ १ सम्मको म्याद थप भएको छ ।
राजधानीमा बस्दै आएका दोलखाका बासिन्दाका लागि शुक्रबारसम्मको समयावधि भए पनि आउने भदौ १ गतेसम्म राजधानीमा शेयर आवेदन दिन सकिनेछ ।
यही साउन १६ गतेदेखि २५ गतेसम्म राजधानीमा आवेदन दिन पाउने अवधि भए पनि आवेदकको भीड बढेकाले एक हप्ताको समयावधि थप गरिएको नेपाल धितोपत्र बोर्डका प्रवक्ता नीरज गिरीले बताए ।
माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले राजधानी काठमाडौँमा उत्साहप्रदरुपमा शेयर आवेदन भइरहेको जानकारी दिए ।
स्वदेशी लगानीमा निर्माण भइरहेको आयोजनालाई सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा राखेको छ ।
कूल ४५६ मेगावाट क्षमताको आयोजना आगामी पुस मसान्तसम्ममा निर्माण गर्ने समय तालिका तय गरिएको छ ।
हाल आयोजनाको ९६ प्रतिशत भौतिक निर्माण सम्पन्न भएको छ ।
– कान्तिपुर
FACEBOOK COMMENTS