काठमाडौं – १०० मेगावाट क्षमताको तामाकोसी पाँचौ जलविद्युत आयोजना बनाउन प्रवद्र्धक तामाकोसी जलविद्युत कम्पनी लिमिटडले ठेकेदार नियुक्तिको प्रक्रिया शुरु गरेको छ ।
कम्पनीले ठेकेदारको पूर्व योग्यता छनौट (पिक्युं) का लागि आब्हान गरेको हो ।
आगामी वर्षको मध्यदेखि आयोजनाको सिभिल निर्माणको काम थाल्नका लागि कम्पनीले सिभिल संरचना र हाइड्रो मेकानिकल उपकरण आपूर्तिका लागि ठेकेदार चयनको काम शुरु गरेको छ ।
यसअघि परामर्शदाता नियुत्तिका लागि पिक्यु आब्हान गरेको थियो । कम्पनीले आयोजना निर्माण व्यवस्थापन र सुपरिवेक्षणको काम शुरु गर्न परामर्शदाता नियुक्तिको प्रक्रिया अघि बढाएको हो ।
आगामी सन् २०१९ को मध्यबाट आयोजना निर्माण शुरु भई सन् २०२३ मा सम्पन्न गर्ने लक्ष्य लिएको छ । आयोजना २ प्याकेजमा निर्माण हुने भएको छ । पहिलो प्याकेजमा सिभिल र हाइड्रामेकानिकल र दोस्रो प्याकेजमा इलेक्ट्रोमेकानिकल र प्रसारणलाइन निर्माणको काम राखिएको छ ।
आयोजना बनाउन सरकारले चीनबाट १५ अर्ब रुपैयाँ अर्थात १५ करोड डलर वैदेशिक लगानी ल्याउन प्रक्रिया शुरु गरेको अर्थ मन्त्रालयले जनाएको छ ।
FACEBOOK COMMENTS