काठमाडौं,कार्तिक ६ – नेपालीहरुको दोस्रो ठूलो चार्ड तिहार नजिकिदै गर्दा बजारमा मानिसको भिडभाड बढेको छ । तिहारका लागि आवश्यक पर्ने बत्ति, भाडा तथा भाइमसला किन्नेको भिड अहिले असन, इन्द्रचोक लगायतका व्यापारिक केन्द्रमा देखिन्छ ।
तिहारमा भाइटिकासँगै भाइमसला दिने चलन रहेकाले अहिले बजारमा भाइमसलाको माग बढेको व्यापारीहरुले बताएका छन् । माग बढेसँगै भाइ मसलाको मुल्य अघिल्लो बर्षको तुल्नामा केहि बढेको व्यापारी हरी लम्साल बताउँछन् । भाइमसलामा प्रयोग हुने अधिकाशं ड्राइ फ्रुट्स विदेशबाट आयात हुने भएकाले यसको मुल्य बढेको लम्साल बताउँछन् ।
भाइ मसलाको लागि तिहारमा मात्रै नेपालको ठूलो धनराशी विदेशतर्फ जाने गरेको छ ।भाइमसलामा प्रयोग हुने ओखर, मखना चीनबाट आयात हुने गरेको छ भने हाडे बदाम (आलमण्ड) नरिवल भारत, पेस्ता अमेरिका र अस्ट्रेलिया लगायतका देशबाट आयात हुने गरेका छन् ।
भाई समलाको मुल्य पसल अनुसार भिन्न रहेको पाइएता पनि यसको अनुगमन सरकारी निकायबाट भएको पाइदैंन् । सरकारले सञ्चालनमा ल्याएको सहुलियत पसलले दिएको मूल्यसूची अनुसार भाइमसलामा प्रयोग हुने ड्राइ फ्रुट्सको मुल्य यस्तो छ ।
ड्राइ फ्रुट्स प्रतिकेजी
नरिवल रु ५००
काजु रु १५०० – १७००
ओखर रु ६५०
किसमिस रु ५०० -६५०
पेस्ता रु १७०० – १९००
दालचिनी रु ५०० – ५५०
ल्वाङ रु १८००
सुपारी रु ६००
हाडेबदाम रु १५००
मिश्री रु २५०
अलैची रु १५००
सुकुमेल रु ५५००
छोगडा रु २००
तिहारकालागि मात्रै व्यवसायीले ७० करोड रुपैयाँ माथिको ड्राइ फ्रुट्सको व्यापार गर्छन्। गत दुई महिनामै करिब ५० करोड रुपैयाँ भन्दा बढिको ड्राइ फ्रुट्स नेपालमा भित्रिइसकेको छ।
FACEBOOK COMMENTS