काठमाडौं, २१ कात्तिक – खुलामञ्च लगायतका सार्वजनिक स्थानमा निःशुल्क खाना खुवाउने अभियान तिहारपछि बन्द हुने भएको छ । खाना खुवाइरहेका अभियन्ता र काठमाडौं महानगरपालिकाबीच मंसिर २ गतेबाट सार्वजनिक स्थानमा खाना नखुवाउने सहमति भएको हो ।
शुक्रबार काठमाडौं महानगरपालिका र नि:शुल्क खाना खुवाउने विभिन्न संघसंस्थाका प्रतिनिधिबीच भएको सहमतिअनुसार खाना खुवाउने संस्थाले भाइटीकाको दिनसम्म खाना खुवाउने वैकल्पिक स्थानको खोजी गर्नुपर्नेछ ।
सार्वजनिक ठाउँमा खाना खुवाउन नपाए पनि बन्द कोठा वा वैकल्पिक ठाउँको पहिचान गरी निःशुल्क खाना खुवाउने अभियान चलाउन पाउने सहमति भएको छ । यसका लागि महानगरपालिकाले सहयोग र समन्वय गर्ने छ ।
FACEBOOK COMMENTS