काठमाडौँ— भारत नेपालको पश्चिम राप्ती, बाँडगंगा र खाँडो नदीहरूमा तटबन्ध निर्माण गरिदिन सहमत भएको छ ।
नयाँदिल्लीमा शुक्रबार सम्पन्न नेपाल भारत सचिवस्तरीय संयुक्त जलस्रोत समिति (जेसीडब्लूआर) को आठौं बैठकमा यस्तो सहमति भएको हो ।
बैठकमा २ देशबीच करिब आधा दर्जन विषयमा सहमति भएको छ ।
नेपाल भारत संयुक्त स्थायी प्राविधिक समितिको दुईदिने बैठकमा जलस्रोतसम्बन्धी द्विपक्षीय आयोजनाहरूको कार्यान्वयनको अवस्थाका विषयमा समेत छलफल भएको बैठकमा सहभागी एक उच्च अधिकारीले जानकारी दिए ।
बैठकमा महाकाली सन्धिअन्तर्गत टनकपुर बाँधदेखि नेपालतर्फको नहर संरचनासम्म जोड्ने सहायक नहर, सप्तकोसी उच्च बाँध बहुउद्देश्यीय आयोजनालगायत विषयमा छलफल भएको बताइएको छ ।
— कान्तिपुर
FACEBOOK COMMENTS