काठमाडौँ — झन्डै तीन महिनापछि खुलेको सेयर बजार पहिलो दिन ९सोमबार० करिब १३ अंक घटेको छ । अघिल्लो दिनको तुलनामा करिब एक प्रतिशतले घटेपछि समग्र नेप्से परिसूचक १ हजार १ सय ८८।७० विन्दुमा ओर्लिएको हो ।
कारोबार सुरु भएको पहिलो र दोस्रो घण्टामा बजार निरन्तर रूपमा घटेको थियो । पहिलो घण्टा ४ प्रतिशतले बजार घटे पनि नेप्सेले सर्किट ब्रेकरमार्फत २० मिनेटका लागि कारोबार बन्द गरिएको थियो । त्यसपछि खुलेको बजार घट्दो क्रममै रहे पनि घट्ने दरमा कमी आएको थियो । यही कारण त्यसपछि कुनै पनि सर्किट ब्रेकर लागेन । सोमबार ६ हजार ८ सय कारोबारबाट १ सय ४७ कम्पनीका १४ लाख ४४ हजार १ सय ७३ कित्ता सेयर किनबेच भए । ती किनबेचबाट ४८ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।
नेप्सेको वर्गीकरणमा ‘क’ वर्गमा रहेका कम्पनीको सेयर कारोबार मापक सेन्सेटिभ परिसूचक १।५५ र व्यापारमा रहेका सबै कम्पनीको सेयर कारोबार मापक फ्लोट परिसूचक १।७३ प्रतिशतले घटे ।
लकडाउनसँगै चैत ११ देखि बन्द भएको पुँजी बजार सामान्य अवस्थामा ९६ दिन पछि सोमबार खुलेको हो । लकडाउनको बीचमा गत वैशाख ३० र ३१ गते दुई दिन बजार खुले पनि असामान्य अवस्था भन्दै दैनिक २ घण्टा मात्र चलाइएको थियो । सोहीअनुसार सर्किट ब्रोकरको व्यवस्था पनि परिमार्जन गरी २ प्रतिशतमा झारिएको थियो ।
FACEBOOK COMMENTS