काठमाण्डौँ — विभागले तीन महिनाको अवधिमा उपभोक्ता ठगी गर्ने ५४ वटा व्यावसायिक फर्मलाई कारबाही गरेको छ ।
व्यावसायिक फर्मलाई कारबाही गरी १४ लाख १० हजार रूपैयाँ जरिवाना गरेको हो ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन महिनाको अवधिमा ५४ वटा व्यावसायिक फर्मलाई कारबाही गरेको छ ।
कात्तिक ७ गतेदेखि उपभोक्ता संरक्षण ऐन कार्यान्वयनमा आएसँगै विभागले उपभोक्ता ठगी गर्ने ५४ व्यावसायिक फर्मलाई ऐनअनुसार कारबाही गरेको हो ।
विभागका निर्देशक एवम् सूचना अधिकारी रघुनाथ महतले तीन महिनाको अवधिमा उपभोक्ता संरक्षण ऐनअनुसार ५४ वटा व्यावसायिक फर्मलाई कारबाही गरिएको बताए ।
कर्मचारी सामायोजनको बहाना देखाएर पछिल्लो समय बजार अनुगमनको काम ठप्प भएको छ ।
— कारोबार
FACEBOOK COMMENTS