काठमाण्डौँ – नेपाल एयरलाइन्सले काठमाडौंबाट दाङको तलुसीपुरमा हवाई सेवा थप गरेको छ ।
सातामा दुई दिन हुँदै आएको उडान अब मंसिर १ गतेदेखि सातामा तीन दिन हुने भएको छ ।
यात्रुको संख्या बढेको भन्दै सातामा तीन दिन उडान गर्न लागिएको नेपाल वायुसेवा निगमका प्रवक्ता अशोक सिग्देलले बताए ।
मंसिर महिनाभरमा यात्रुको चाप र माग भए पुस महिनाबाट दैनिक हवाई सेवा सञ्चालनका लागि निगमले तयारी गरिरहेको पनि नेपाल वायुसेवा निगमका कमर्सियल विभाग प्रमुख टंकनिधि दाहालले बताए ।
लामो समयदेखि बन्द रहेको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलमा नेपाल एयरलाइन्सले १६ असोजमा सफल परीक्षण उडान गरेको थियो ।
FACEBOOK COMMENTS