काठमाडौं, २ फागुन- तुलसीपुर उद्योग वाणिज्य संघको अध्यक्षमा वामपन्थी प्यानलका रामप्रसाद चालिसे विजयी भएका छन । नयाँ नेतृत्वका लागि शनिबार भएको निर्वाचनमा चालिसेले प्रतिद्वन्द्वी प्रजातान्त्रिक प्यानलका टेकनप्रसाद बस्नेतलाई ३४ मतले पछिपार्दै निर्वाचित भएका हुन । राति अबरेसम्म मतगणनापछि सार्वजनिक मतपरिणाम अनुसार चालिसेले ८२९ मत प्राप्त गरे भने बस्नेतले ७९५ मत ल्याएका थिए । नेकपा ओली समुह दाङका जिल्ला सदस्यसमेत रहेका चालीसे सहजै जित निकाले ।
उद्योग उपाध्यक्षमा प्रजातान्त्रिक प्यानलका ललितजंग शाह निर्वाचित भए । उनले ८६० मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी बामपन्थी प्यानलका यज्ञबहादुर केसीले ७१८ मत प्राप्त गरे ।वाणिज्य उपाध्यक्षमा मिनराज भण्डारी निर्वाचित भए । उनले ९७१ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी गोकर्ण गिरीले ६०३ मत प्राप्त गरे ।
त्यसैगरी खुल्ला उपाध्यक्षमा वामपन्थी प्यानलका रुपबहादुर खत्री निर्वाचित भए । उनले ८५६ मत प्राप्त गरे भने प्रजातान्त्रिक प्यानलका तुलसीराम न्यौपानेले ६९२ मत प्राप्त गरे ।
त्यसैगरी महासचिव पदमा प्रजातान्त्रिक प्यानलका बिनिल केसी विजयी भए। उनले १ हजार ५० मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी केशबराज केसीले ५०७ मत प्राप्त गरे ।
त्यसैगरी सचिव पदमा खुशलराम शर्मा ६२२ मतका साथ निर्वाचित भएका छन भने उनका प्रतिद्वन्द्वी बेदप्रसाद वलीले ३२७ मत प्राप्त गरे । सचिव पदकै उमेदवार सपना बस्नेतले ३१३ मत प्राप्त गरिम भने दुर्गाप्रसाद भण्डारीले १६१ मत प्राप्त गरे ।
संघको कोषाध्यक्ष पदमा उम्मेदवार देवबहादुर केसी १०५५ मतका साथ निर्वाचित भएका छन भने उनका प्रतिद्वन्द्वी डिलबहादुर वलीले ४८६ मत प्राप्त गरे। त्यसैगरी सहकोषाध्यक्षमा कमल गौतम ७३३ मतका साथ विजयी भएका छन भने उनका प्रतिद्वन्द्वी टेकप्रसाद केसीले ५३२ मत प्राप्त गरे । सहकोषाध्यक्ष पदमै उम्मेदवारी दिएका हेमेन्द्र खड्काले २२१ मत प्राप्त गरे ।
कुल १८११ मत मध्ये १६ सय ५९ मत खसेको थियो । १७ सदस्यीय पदका लागि ४१ जना प्रतिस्पर्धामा उत्रिएका थिए ।
FACEBOOK COMMENTS