काठमाडौं, चैत १३ –तुवाँलोका कारण आधा घण्टादेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठप्प भएको छ।भारत देखि आएको तुवाँलोका कारण करिब एक घण्टादेखि आन्तरिक र अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको नियमित उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।’एक घण्टादेखि आन्तरिक उडान प्रभावित भएको छ। भिजिब्लिटी नै कम भएका कारण अन्तर्राष्ट्रिय उडान पनि प्रभावित भएको छ।
भिजिब्लिटीमा सुधार भएसँगै पुनः उडान अवतरण सुरु गराउने तयारीमा छौँ।’ विमानस्थल कार्यालयका एक कर्मचारीले भने।तुवाँलोका कारण आन्तरिक तर्फ सिमरा, विराटनगर, पोखरा लगायत विभीन्न गन्तव्यमा भइरहेको नियमित उडान अवतरण प्रभावित भएको कार्यालयले जनाएको छ। भिजिब्लिटीमा सुधार भएलगत्तै शुक्रवारको सबै उडान ‘डिले’ हुने सम्भावना रहेको विमानस्थल कार्यालयले जनाएको छ।
मौसम खराबीका कारण बुध्द, यती, श्री लगायत वायुसेवा कम्पनीको उडान अवतरण प्रभावित भएको छ।शुक्रबार मौसमका कारण भिजिब्लिटी एकदम ‘डाउन’ रहेको विमानस्थलका प्रवक्ता देवचन्द्र लाल कर्णले बताए।
विमानस्थल कार्यालयका अनुसार यतिखेर अवतरण हुनुपर्ने क्याथे प्यासिफीकको चार्टर जहाज आकाशमै होल्डमा रहेको छ। तुवाँलोकै कारण दिउँसो ४ बजे भने नेपाल वायुसेवा निगमको दिल्ली-काठमाडौं र हिमालय एयरलाइन्सको दमाम-काठमाडौं अवतरण हुने समय तालिका रहेको विभानस्थल कार्यलयले जनाएको छ।
FACEBOOK COMMENTS