काठमाण्डौँ — नेपाल आयल निगमले ‘भेहिकल ट्र्याकिङ सिस्टम’ प्रयोगमा ल्याउने तयारी गरेको छ।
पेट्रोलियम पदार्थ ढुवानीमा हुने चोरी नियन्त्रण गर्न सेक्युरिटी लकिङ सिस्टम जडान गरे पनि पूर्णरुपमा चुहावट नियन्त्रण नभएपछि यो सिस्टम ल्याउन लागेको हो ।
अहिले प्रयोगमा ल्याएको लकिङ सिस्टममा पनि छिटफुट चोरीका घटना भएपछि निगमले अझ उन्नत प्रविधि प्रयोग गर्ने रणनीति बनाएको हो।
पहिलो र दोस्रो चरणमा ट्यांकरमा लकिङ जडान गरेपछि ढुवानीमा हुने चोरी पूर्ण रुपमा नियन्त्रण गर्न ‘भेहिकल ट्र्याकिङ सिस्टम’ कार्यान्वनयमा ल्याउने निगमले जनाएको छ।
इन्धन चोरीलाई पूर्ण नियन्त्रण गर्न ‘भेहिकल ट्र्याकिङ सिस्टम’ आवश्यक रहेको निगमका प्रवक्ता विरेन्द्र गोइतले बताए।
डिभाइसमा गाडी गुड्ने रुट समेत सेटिङ हुने भएकाले चोरी गर्न नसक्ने निगमले जनाएको छ।
— नागरीक
FACEBOOK COMMENTS