काठमाडौं, भाद्र २३ – कोरोनाभाइरसलाई लिएर विश्व खोप बनाउने होंडमा लागेको छ । रुसले कोरोनाको पहिलो खोप बनाएको दावी गरेको छ । तर, विश्व स्वास्थ्य संगठनले खोपको विषयलाई लिएर कडा चेतावनी जारी गरेको छ । संगठनले भनेको छ,“हाम्रो मापदण्ड अनुसार क्लिनिकल परीक्षणको विकसित चरणमा पुगेको कुनै पनि खोप कोरोना भाइरसको बिरुद्ध ५० प्रतिशत पनि प्रभावकारी रहेको छैन ।”
विश्वका कयौ मुलुकले कोरोनाको खोपलाई लिएर अन्तिमा वा तेस्रो चरणको परीक्षण गरिरहेका छन् । रुसले आफ्नो कोरोनाको खोप स्पुतनिक प्रभावकारी रहेको बताउदै आएको छ । तर डब्लूएचओले जारी गरेको विज्ञप्तिले चिन्ता उत्पन्न गराएको छ ।
विश्व स्वास्थ्य संगठनले २०२१ सम्म कोरोनाको खोपको कुनै आस लाग्दो अवस्था आउने आशा गरेको छैन । संगठनकी प्रवक्ता मार्गरेट ह्यारिसका अनुसार विश्वका कयौ देशको कोरोनाको खोप क्लिनिकल परीक्षणको चरणमा रहेका छन् । तर यस मध्ये एक खोप पनि प्रभावकारी नभएको उनले बताइन् । उनका अनुसार कुनैपनि खोपको तेस्रो चरणमा धेरै समय लागि रहेको छ । किनकी आफूले कुनै पनि खोप कत्तिको प्रभावकारी र साइड इफेक्ट रहे नरहेको हेर्न चाहेको धारणा उनको थियो ।
जर्जिया विश्वविद्यालयमा खोप र इम्यूनोलोजीको केन्द्रका निर्देशक टेड रोसका अनुसार कुनै पनि खोप प्रभावकारी छैनन् । उनी कोरोना भाइरसको एक खोपमा काम गरिरहेका छन् जुन २०२१ मा क्लिनिकल परीक्षणका लागि पठाइने छ । विश्वभरीका प्रयोगशालामा ८८ प्रतिशत खोप प्रारम्भिक क्लिनिकल परीक्षणको क्रममा रहेका छन् ।
FACEBOOK COMMENTS