काठमाडौं, माघ ८– बुधबार सुनचाँदीको भाउ घटेको छ । बुधबार छापावाल सुनको भाउ तोलामा पाँच सय रुपैयाँले घटेको हो ।
मंगलबार ७५ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बुधबार तोलामा पाँच सय रुपैयाँ घटेर तोलाको ७४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यसै गरी मंगलबार प्रतितोला ७५ हजार रुपैयाँ कायम भएको तेजावी सुनको आज घटेर तोलाको ७४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार चाँदी पनि तोलामा १५ रुपैयाँ घटेर तोलाको ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।
FACEBOOK COMMENTS