काठमाण्डौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न सुधारका प्रयास सुरु भएको छन् ।
विमानस्थल अस्तब्यस्त र फोहोर भएको भएको गुनासो चर्को भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तरगतको विमानस्थल कार्यालयले सुधारको काम तीव्र बनाएको हो ।
विमानस्थलको प्रस्थानतर्फ अहिले धमाधम कार्पेटिङ भइरहेको छ ।
झण्डै ९० लाख रुपैयाँ खर्चिएर विमानस्थलको प्रस्थान कक्ष र अध्यागमन जेकजाँच कक्षमा कार्पेटिङ गर्ने काम अन्तिम चरणमा पुगेको विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिए ।
यस्तै विमानस्थल विमानस्थलले यात्रु र विमानस्थलको सुरक्षालाई ध्यानमा राख्दै आन्तरिक उडानतर्फ अन्तर्राष्ट्रयस्तरको नयाँ सुरक्षा जाँच केन्द्र स्थापना गरेको छ ।
विमानस्थलका प्रमुख क्षेत्रीले विमानस्थलको पार्किङ व्यवस्थापनसहित भित्री भागहरु सजाउने काममा पनि लागेको बताए ।
— नागरीक
FACEBOOK COMMENTS