काठमाण्डौँ – त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा दुई नयाँ ‘पार्किङ–वे’ थपिने भएको छ ।
विमानस्थलको उत्तरपूर्वतर्फ र दक्षिणपश्चिम क्षेत्रमा पाँच÷पाँचवटा विमान अट्ने गरी दुईवटा पार्किङ वे निर्माण भइरहेको छ ।
अबको पाँच महीनामा निर्माण कार्य सकिने विमानस्थलले जनाएको छ ।
जहाज पार्किङमा समस्या भोग्दै आएको विमानस्थलले विमानस्थल विकास कोष (एडिएफ)को एक अर्ब छ करोड रुपैयाको लागतमा ‘रिमोट पार्किङ वे’ र ‘पार्किङ वे’ निर्माण गरिरहेको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ ।
पार्किङ थपिएपछि विमानस्थलमा परेको बढ्दो चाप केही हदसम्म न्यूनीकरण हुने अपेक्षा गरिएको छ ।
FACEBOOK COMMENTS