काठमाण्डौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)ले पाउनुपर्ने बक्यौता रकम एक अर्ब ६९ करोड रुपैयाँभन्दा माथि पुगेको छ।
३० वटा अन्तर्राष्ट्रिय र स्वदेशी एयरलाइन्स कम्पनीले विमानस्थल प्रयोग गरेबापत तिर्नुपर्ने रकम नतिर्दा बक्यौता एक अर्ब ६९ करोड ६१ लाख ८३ हजार पाँच सय ४० रुपैयाँ पुगेको हो।
विमानस्थल प्रयोग गरेबापत एयरलाइन्स तथा सरकारी कार्यालयले प्रत्येक महिना शुल्क बुझाउनुपर्ने प्रावधान छ।
त्यो रकम नियमित नबुझाउँदा बक्यौता चुलिएको हो ।
सबैभन्दा धेरै नेपाल वायुसेवा निगमले तिर्न बाँकी छ।

निगमले हर्जनाबाहेक २९ करोड ४३ लाख ८३ हजार आठ सय ९६ रुपैयाँ बुझाउनुपर्ने देखिन्छ।

टिआइएका प्रवक्ता प्रताप तिवारीले निगमलाई पटक–पटक पत्राचार गरे पनि बक्यौता रकम नतिरेको बताए।

— नागरीक