काठमाण्डौ,१२- नेपाल नागरिक उड्डयन प्राधिकरणले आगामी चैत १५ गतेदेखि त्रिभुवन विमानस्थल १८ घण्टा मात्र सञ्चालन हुने जनाएको छ ।
विमानस्थलका महानिर्देशक प्रतापबावु तिवारीले आगामी १५ चैतबाट सञ्चालन अवधि २१ घण्टाबाट घटाएर दैनिक १८ घण्टामा झारिएको जानकारी दिए ।
महानिर्देशक तिवारीका अनुसार विमान उडानको संख्या कम भएका कारण सञ्चालनको समय अवधि घटाइएको हो ।
उडान संख्या कम हुँदा खर्च बढ्ने र एउटा उडानका लागि यात्रुहरुले रातभरी कुर्नुपर्ने समस्या भएका कारण उडान समय मिलाएर विमानस्थल सञ्चालन अवधि घटाइएको उनले बताए । अब विमानस्थल बिहान ६ बजेदेखि राति १२ः३० बजेसम्म सञ्चालन हुनेछ ।
FACEBOOK COMMENTS