काठमाडौँ, १३ फागुन – त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकहरुले कोभिड भत्ता उपलब्ध गराउन माग गरेका छन्। नेशनल रेजिडेन्ट डक्टर्स एशोसिएसनले विज्ञप्ति जारी गरी कोभिड भत्ता तत्काल उपलब्ध गराउन माग अस्पताल प्रशासनसँग माग गरेका हुन्।
विज्ञप्तिमा भनिएको छ, ‘कोभिड महामारीको विषम परिस्थितिमा समेत सेवा दिनका लागि अग्रपंक्तिमा खटिने आवासीय चिकित्सकहरुको उचित मूल्यांकलन गर्दै नियमानुसार कोभिड भत्ता अविलम्ब उपलब्ध गराउन जोडदार माग गर्दछौ।’
मागको सुनुवाई नभई आन्दोलनका कार्यक्रम ल्याउन बाध्य हुने एशोसिएसनले चेतावनी दिएको छ। कोभिड महामारीको समयमा जोखिम मोलेर काम गरेपनि कोभिड भत्ताबाट बञ्चित गराइएको भन्दै उनीहरुले आपत्ति जनाएका छन्।
जोखिम भत्ताका लागि पटक पटक ध्यानाकर्षण गराउँदा मौखिक आश्वासन मात्र पाउनले गरेको उनीहरुले बताएका छन्।
‘काम गर्ने बेला अंग्रपंक्तिमा खटाउने तर नियमाअनुसार प्राप्त गर्नुपर्ने जोखिम भत्ताको विषयमा पटक पटक ध्यानाकर्षण गराउँदा पनि मौखिम आश्वासन मात्र प्राप्त हुनुले यो विषयलाई गम्भीरताको साथ नलिएको भान हामीलाई भएको छ।’ विज्ञप्तिमा उल्लेख गरिएको छ।
FACEBOOK COMMENTS