काठमाडौं, बैशाख १७ – नेपालमा बुधबार एकैदिन तीनजना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ ।
बाराका दुई र पर्साका एक जनामा कोरोना पोजेटिभ देखिएको हो । संक्रमित तीनै जना यसअघि वीरगन्ज(१६ स्थित इनरुवाका कोरोना संक्रमित व्यक्तिसँगै दिल्लीको मर्कजबाट फर्किएका थिए। गत आइतबार पनि वीरगन्जका दुईजना व्यक्तिमा कोरोना संक्रमण देखिएको थियो।
आज पुष्टि भएका संक्रमित सबैलाई नारायणी अस्पताल लैजाने तयारी हुँदैछ।
FACEBOOK COMMENTS