काठमाडौं,बैशाख ३१- नेपालमा बुधबार थप दुई जनामा कोरोना संक्रमणको पृष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु नगरपालिका– ५ का २२ वर्षका युवकमा कोरोना संक्रमण भेटिएको छ ।
त्यसै गरी धुलिखेल अस्पतालको प्रयोगशालाको परीक्षणमा बाँकेका एक पुरुषका कोरोना पोजेटिभ देखिएको हो । संक्रमित बाँके जिल्ला नेपालगञ्ज ८ का ३६ वर्षीय पुरुष हुन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१९ पुगेको छ ।
FACEBOOK COMMENTS