काठमाडौं, माघ ८ – आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे’ एप नयाँ सुविधासहित अध्यावधिक गरिएको छ । यो सुविधासँगै प्रयोगकर्ताहरूले डिजिटल वालेटको प्रयोगमा एउटा छुट्टै एवम् विशिष्ट खालको अनुभव प्राप्त गर्नससकिने आइएमईले जनाएको छ ।
आजबाट प्रयोगयोग्य यस वालेट प्रयोगकर्ताहरूका लागि अझ सहज र सुविधायुक्त हुने विश्वास गरिएको छ । अध्यावधिक एप इन्टरफेस हुनुका साथै थप सेवाग्राहीमैत्री बनाइएको कम्पनीले जनाएको छ ।
विज्ञान र प्रविधिको विकाससँगै आम सेवाग्राहीहरूको सयमानुकुलको मागलाई सम्बोधन गर्नेगरी आइएमई पे एपलाई अहिलेसम्मकै सबैभन्दा राम्रो भर्त्सनामा डिजाइन गरिएको छ । एपलाई प्रयोगकर्तामैत्री बनाउन युआईसहित थप सेवा सुविधाहरुलाई परिभाषित गरिएको छ ।
चुस्त कार्यप्रणाली, सेवाक्षेत्रको स्पष्टता र पहुँचमा सुनिश्चितता जस्ता मुख्य मुख्य उद्देश्यहरुलाई एपको नयाँ डिजाइनमा विशेष ध्यान दिइएकोले यो एपको प्रयोग सबै डिजिटल वालेट प्रयोगकर्ताहरूको रोजाईमा पर्ने विश्वास कम्पनीले लिएको छ । डिजिटल पेमेन्ट उद्योगको फस्टाउँदो अवस्थासँगै आम उपभोक्ताहरु पनि यसको प्रयोगमा अभ्यस्त हुँदै आएको सन्दर्भमा कम्पनी डिजिटल पेमेन्ट उद्योगलाई थप प्रवद्र्घन गर्न प्रतिवद्ध रहँदै आएको छ ।
बैंकिङ्ग पहुँचभन्दा बाहिर रहेको जनसंख्यालाई फाइनान्सियल सेवा उपलब्ध गराउनु आइएमई पे वालेटको मुख्य उद्देश्य हो । देशको जुनसुकै भूगोल विशेषतः ग्रामिण क्षेत्र जहाँको ठूलो जनसंख्या बैंकिङ्ग पहुँचभन्दा वाहिर रहन वाध्य छ त्यसलाई फाइनान्सियल सेवामा आकर्षित गर्न सुपर वालेटमा जम्मा हुँदै आएको पैसामा ब्याजको अवधारणा अघि सारेको छ ।
आइएमईका सेवा केन्द्रहरूमा रहँदै आएको आमसेवाग्राहीहरूको अभ्यस्त पहुँचका कारण कम्पनीको त्यो उद्देश्य सहजै पूर्ति हुने आधारहरू पहिला नै तयार भइसकेको छ । सामान्यतयाः आइएमई पे वालेटमा कम्तिमा एक हजार नेपाली रुपैयाँ मैजादा रहँदा उक्त वालेट स्वतः सुपर वालेटमा रुपान्तरण हुनेछ ।
नगदरहित आर्थिक कारोबारलाई प्रवद्र्घन गर्नु डिजिटल पेमेन्ट उद्योगको मुख्य उद्देश्य हो । यसर्थ, यहाँ पैसा पठाउने कार्यलाई नगदरहित भनेर नै बुझ्नुपर्ने हुन्छ । पहिलापहिला एक ठाउँबाट अर्को ठाउँमा पैसा पठाउने कार्य त्यति सजिलो थिएन । अहिले डिजिटल एपको बढ्दो प्रयोगसँगै एक शहर/गाउँबाट अर्को शहर÷गाउँसम्म पैसा पठाउन सजिलो छ । पैसा पठाउने र भुक्तानी गर्ने सेवाहरू मान्छेले प्रयोग गर्दै आइरहेका फोन फोनमा उपलब्ध छन् । आम उपभोक्ताले कुनै पनि मोबाइल नम्बरमा आइएमई पेमार्फत पैसा पठाउँदा पूर्णतः निशुल्क सेवा प्राप्त गर्न सकिन्छ ।
आइएमई पेमा आवद्ध ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थामा रहेका खाता नम्बरमा ‘आइएमई पे’ एप प्रयोग गरि कारोबार गर्दा प्रति कारोबार मात्र रू.१ बाट सेवा शुल्क शुरू हुनेछ । आर्थिक कारोबारको प्रयोगलाई ध्यानमा राख्दै आम उपभोक्तालाई आर्थिक कारोबार बैंक तथा वित्तीय संस्थाबाट नै गर्न प्रोत्साहित गर्ने मुख्य उद्देश्यका साथ यो सेवा प्रदान गर्न लागिएको हो ।
आइएमई पेको मातृ संस्था आइएमईका देशभर रहेको एजेन्टबाट आइएमई एपमा भएको पैसा भुक्तान लिँदा महिनामा एकपटक निःशुल्क हुनेछ । यो सेवा आफुलाई पायक पर्ने देशभरका जुनसुकै आइएमई एजेण्टमा उपलब्ध हुनेछ । यो सेवासँगै देशभरका कुनाकाप्चामा मानव एटीएमको सेवा उपलब्ध हुने विश्वास कम्पनीले लिएको छ ।
आइएमई पे एपका कारण दैनिक उपभोग्य सेवाहरूको शुल्क भुक्तानी सरल र सहज बन्दै आएको छ । यो सेवालाई थप प्रवद्र्घन गर्ने मुख्य उद्देश्यका साथ आइएमई पेले अंग्रेजी नयाँ वर्ष २०२१ को अवसर पारेर आइएमई पेमा दर्ता भएको आफ्नै मोबाइल नम्बरमा टपअप गर्दा ५ प्रतिशत क्यास ब्याकको सुविधा उपलब्ध गराउँदै आएको छ ।
विश्वव्यापी रूपमा विद्यमान महामारीबाट सुरक्षित रहन सामाजिक दुरी कायम गर्दै आर्थिक कारोबारलाई निरन्तरता दिन डिजिटल भुक्तानी सेवाप्रदायक उद्योगका तर्फबाट आइएमई पेले आफ्नो एपलाई समयानुकुल अध्यावधिक गर्दै आइरहेको छ । यसबाट डिजिटल वित्तीय सेवामा आमसेवाग्राहीहरू छिट्टै अभ्यस्त हुने विश्वास कम्पनीको छ ।
FACEBOOK COMMENTS