काठमाडौं,बैशाख २४ – नेपालमा एकैदिन १७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
वीरगञ्जमा थप १७ जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा वीरगञ्जका १७ जनामा कोरोनाभाइरस पुष्टि भएको हो।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार आज कोरोना भाइरसको संक्रमण पुष्टि भएकामा २ महिनाका शिशु पनि छन्। थपिएका सबै संक्रमित पर्सा जिल्लाका हुन्। उनीहरूमध्ये १० पुरूष र ७ महिला छन्। संक्रमण देखिनेमा दुई महिनादेखि ६६ वर्षको उमेरसम्मका रहेका छन् ।
उनीहरुको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ९९ पुगेको छ।
त्यसै गरी मन्त्रालयले कोशी अस्पतालमा उपचाररत ६ जना निको भएर घर फर्किएको बताएको छ । अहिले उपत्यकामा ७ र बाहिर १ सय २९ गरी १ सय ३६ जना संकास्पद व्यक्ति आइसोलेसनमा उपचाररत रहेका छन । देशभरी १९ हजार ७ सय ३४ जना क्वारेन्टाइनमा रहेका छन् ।
FACEBOOK COMMENTS