काठमाडौं ।पछिल्लो २४ घण्टामा २४२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७४६१ पीसीआर परीक्षणमा १५११ र ४९५३ जनाको एन्टिजेन परीक्षणमा ९१० जना गरी २४२१ जनामा संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमणबाट थप ८१ जनाको मृत्यु भएको प्रवक्ता कृष्ण पौडेलले जानकारी दिए । जसमध्ये पछिल्लो २४ घण्टामा ५२ जनाको मृत्यु भएको हो । बाँकी २९ जना भने विगतको तथ्यांकमा समावेश नभएका मृत्यु रहेको उनले बताए ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४९७ जना संक्रमित भेटिएका छन् । जसमा काठमाडौं जिल्लामा ३४६, ललितपुरमा ९७ र भक्तपुरमा ५७ जना रहेका मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा जनाएको छ ।

 
               
  
  
  
  
  
                 
                 कर्पोरट खबर
                                                              	कर्पोरट खबर                              
                                                       
			                  			               
                  


 
                         
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                   
                  

 
               
               
               
               
               
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                          
FACEBOOK COMMENTS