काठमाडौं । पछिल्लो २४ घन्टामा थप २६ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ११ हजार ५ सय २७ जनाको पीसीआर र एन्टीजेन परीक्षणका क्रममा २६ सय २२ जनामा संक्रमण पुष्टि भएको हो ।
७ हजार ४ सय ९९ जनामा पीसीआर परीक्षण गर्दा १ हजार ७ सय ४५ र ४ हजार २८ एन्टीजेन परीक्षण गर्दा ८ सय ७७ जनामा संक्रमण पुष्टि भएको हो ।
सोही अवधिमा कोरोना संक्रमणका कारण थप २३ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार २४८ पुगेको छ ।
FACEBOOK COMMENTS