काठमाडौँ, श्रावण २५ – पछिल्लो २४ घन्टामा थप ३ सय ८० सय जनामा कोरोना संक्रमण देखिएको छ । नियमित मिडिया ब्रिफिङका क्रममा आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले २४ घन्टामा गरिएको ८ हजार ५ सय १५ पीसीआर परीक्षणमा ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।
यस्तै, २४ घन्टामा ४० जना डिस्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म १६ हजार ३ सय ५३ जना संक्रमित निको भएर घर फर्किएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरसको कुल संक्रमित संख्या २२ हजार ९७२ पुगेको छ । मुलुकभर हजार ६ हजार ५ सय ५४ जना आइसोलेसनमा र क्वारेन्टाइनमा ११ हजार ३८ जना रहेको प्रवक्ता गौतमले बताए ।
FACEBOOK COMMENTS