काठमाडौं, चैत ३० – पछिल्लो २४ घण्टामा नेपालमा १३ जना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ५३ जना पुगेको छ । यस्तै नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ४९६ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ५ हजार १०५ जनाको स्वाब परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो ।
यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ८० हजार ५२४ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३८ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण जितेर घर फर्किनेको संख्या २ लाख ७४ हजार १६५ जना पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ३०६ जना छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा २३ लाख १७ हजार २८४ जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको छ भने अहिले ३ हजार ३०६ जना आइसोलेसन र ८५ जना क्वारेन्टिनमा छन् ।
FACEBOOK COMMENTS