काठमाडौं, चैत १ –पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। २४ घन्टामा २६ सय १५ स्वाब नमूना परीक्षण गराउँदा ५३ जनामा कोरोना संक्रमण देखिएको हो। योसहित कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार २३१ पुगेको छ।
यस्तै आइतबार थप ७७ जना डिस्चार्ज भएका छन्। योसहित हालसम्म कोरोना जित्नेको संख्या २ लाख ७१ हजार ३२६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार निको हुनेको दर ९८.६ प्रतिशत हो।
देशभर ८९१ जना सक्रिय संक्रमित रहेका छन्। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १४ पुगेको मन्त्रालयले जनाएको छ। आइतबार कोरोनाबाट भने कसैको पनि मृत्यु भएको छ।यस्तै अहिले ४७ जना क्वारेन्टिन र ८९१ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।
FACEBOOK COMMENTS