काठमाडौं, जेठ १८ – नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ६८ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७ हजार ४५४ पुगेको छ ।
यस्तै आज ६ हजार ८९८ जना संक्रमित डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसलाई परास्त गर्नेको संख्या ४ लाख ५४ हजार ३४४ जना पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा देशभर १७ हजार १४७ जनाको आरटी–पीसीआर र ३ हजार १८ जनाको एन्टिजेन परीक्षणबाट ६,०८५ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ लाख ६६ हजार ५८७ जना पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख ४ हजार ७८९ जना छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा ३० लाख ७४ हजार ५७१ जनाको आरटी–पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको छ भने अहिले १ लाख ४ हजार ७८९ जना आइसोलेशन र ७२५ जना क्वारेन्टिनमा छन् ।
FACEBOOK COMMENTS