प्रेम कोइराला
आज भन्दा १९ वर्ष अगाडि म ९ वर्षको थिएँ त्यो रेडियो नेपालमा बजेको धुन याद छ, मलाइ । हामी केटाकेटी काफलको बोटमा काफल खाँदै थियौं, एक्कासी हल्ला भयो । हामी गाउमा थियौ मेरो बुबा,दाइ काठमाडौँ बस्नुहुन्थ्यो । हामी काठमाडौंलाई नेपाल, सहर भन्थ्यौ । घरगाउमा हल्ला भयो सबैतिर हाम्रो जगत जननि, सम्पुर्ण देशका अभिभाबक मारियो भन्ने समाचार आए । एक पछि अर्को हुदै काठमाडौँमा नरसंहार जस्तै हाम्रो अभिभावकलाइ सिध्यायो, कोहि भन्दै थिए युवराज दिपेन्द्र बाँकि छन् तर बिडम्बना दोष उसैलाइ लगायो उसैले मारे भनेर, तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले हत्या सुनियोजित छ भने तर पछि १७ हजार मान्छे मारेर जनविद्रोह सकेर प्रचण्ड प्रधानमन्त्री भए र जनतालाइ आश्वासन देखाए दरवार हत्याकाण्डको छानबिन गरिनेछ भनेर तर आश्वासन मात्र पछि माधब,बाबुराम प्रधानमन्त्री भए तर कोहि कसैले पुन : छानबिन गरेनन ।
तत्कालिन प्रधान न्यायाधीशको अध्यक्षतामा छानबिन कमिटिले राजपरिवारका हत्या तत्कालिन युवराज दिपेन्द्रले गरेको भन्ने निष्कर्ष निकाले । म आज यो भन्छु आजको दिन नेपालले कहिले मेटाएर मेटाउन नसक्ने कालो दिन साबित भएर आयो जो जति नेता भए देशमा राजा फालेर आफै राजा बन्न खोज्नेहरु देखियो राजा फालेर देशमा विकास हैन भ्रष्टाचार गर्न राजा फालेको देखियो । आज देशमा भ्रष्टाचार मैलाएको छ । ६०१ गण राजा भए सिरोमोनियल बनेर रास्ट्रपति भइन । न त दरबार हत्या न त त्यस्ता दर्जनौं हत्याको पर्दाफास गर्न सक्यो । देशमा १९ वर्षको कार्यकालमा १२ औँ प्रधानमन्त्री बने नत जनताको जीवन स्तर बलियो भयो न त देशले नै काँचुली फेर्न सक्यो । नेताले आफ्नो आसेपासे भरौटे कार्यकर्तालाई समाल्न र आफ्नो पद र कुर्सी जोगाउन भ्रष्टाचारमा लिप्त भए । न त देशको विकास नै हुन सकेको छ, न त जीवन स्तरमा सुधार । हामी जहाँ थियौँ उहि छौँ । प्रत्यक जनता माथि ३६ हजारको ऋण थुपारिएको छ ।
विश्वमा फैलिएको महामारी कोभिड १९ अर्थात कोरोनाको असरले विश्व नै महामारीको चपेटामा पारेको अवस्थामा नेपालमा कोरोनासँग लडन जुन स्वास्थ्य सामाग्री आवश्यक थियो त्यसको खरिदमा घोटला भएको भन्दै मुलुक तात्यो । बिडम्बना न त ति भ्रष्टाचारीलाई कारवाही भयो न त जनतालाइ विश्वास दिलाउन नै सक्यो । बरु नेपाली सेनालाई खरिद गर्न जिम्मा लगाइयो । प्रधानमन्त्रीले स्लोगन भ्रष्टाचारलाइ देख्न नसक्ने बताए पनि प्रधानमन्त्रीले नै भ्रष्टाचारलाइ जोगाएको देखियो । नेपालका ६० लाख युवा विदेशमा छन । ५-७ लाख भारतमा छन । कोरोनाको कहरमा प्राय खाडीमा रहेका नेपालीलाई आफ्नो देश जान आग्रह गरिएको छ । नेपाल सरकारले विदेशबाट आएका नेपालीलाई आफैको ब्यक्तिगत खर्चमा कोरोना टेस्ट गराउन जानकारी गराएको छ । नेपाल सरकार यहिनेर चुकेको छ । स्वदेशमा रहेका नेपाली जनतालाइ राहत बितरण तथा कोरोना टेस्ट गराउन पनि सरकार चुकेको छ, निकै न्युन र धिमा छ ।
विभिन्न काल खण्डमा नेपालका सन्धीहरुले कोशी महाकाली,गण्डक सुस्ता जस्ता भारतसँगको सन्धीले आज नेपाल र नेपालीलाई बेला बेलामा चिट्टयाइ रहेको अवस्थामा नेपालमा पुन: कालापानि, लिपुलेक र लिम्पियाधुराका बिषयमा सम्पुर्ण नेपाली जनताको एक भएको अवस्थामा सरकारले २ दिनको उधारो नक्सा सार्वजनिक गर्यो । भारतका विभिन्न मिडिया र पत्रकारले यसको अनेक रुपमा समाचार प्रसारण गरे । र गत हप्ता नेपालमा भारतका पुर्व राजदुत श्याम शंकर नेपालमा आए लगत्तै नक्साको बिषय संसदमा रोक गरियो । नक्सा पास नेपाली जनताले विश्वास गरेको ओली सरकारले के गर्छ हेर्न बाँकी छ । त्यस्तै अहिले नेपालमा निकै चर्चा कमाइरहेको मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसीले सडक सदन त तताइ रहेको छ नेपालका विभिन्न दलले एमसीसी पारित गर्ने भनिरहेको बेला नेपाली जनताले यसको बिरोध गरिरहेका छन तर सरकारका केहि नेता यसको विपक्षमा छन भने विपक्षी नेपाली कांग्रेसले समेत यसलाई पास गर्न लागिरहेको छ ।
नेपाली जनता र नेपाललाइ यो पनि भविष्यमा त्यही गण्डक, कोशी, कालापानी जस्तै सम्झौता भएर हाम्रा पछिका पुस्ताले व्यहोर्नु पर्नेछ । तसर्थ, समयमै सरकारले यसको ख्याल गर्नु पर्नेछ । यस्तो कार्य गर्दै जाने हो भने नेपाली जनताले त्यो कालो दिन राजपरिवारका सदस्यहरूको हत्या गरिएको राजसंस्थालाई सम्झिएर पुन राजसंस्था नेपालमा फर्काउन नसक्ने भन्ने छैन । जय देश जय नरेश ।
(कोईराला राष्ट्रिय रग्बि खेलाडि हुन )
FACEBOOK COMMENTS