काठमाडौँ, भाद्र १ – महानगरीय प्रहरी वृत्त कालीमाटीमा थुनामा रहेका एक पुरुषलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । अदालतमा म्याद थपका लागि लैजानुअघि गरिएको पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण देखिएको हो ।
उनलाई ६ दिनअगाडि प्रहरीले पक्राउ गरेको थियो । कुन कसुरमा उनलाई पक्राउ गरिएको हो भन्नेचाहिँ प्रहरीले खुलाउन चाहेन । अहिले ती संक्रमित युवालाई आइसोलेसनमा लगिएको प्रहरीले जानकारी दिएको छ ।
त्यस्तै गौशालास्थित महानगरीय प्रहरी वृत्तमा कार्यरत एक महिला प्रहरीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
FACEBOOK COMMENTS