काठमाडौं, २६ कार्तिक – नोभेम्बर ९ का दिन रिपब्लिक अफ कोरियाको दूतावासले नेपाल सरकारको गृह मन्त्रालयलाई सहयोग स्वरुप १ लाख ५४ हजार डलर बराबरको ‘सर्च एण्ड रेस्क्यु’ उपकरणहरु प्रदान गरेको छ । कार्यक्रममा नेपालका लागि कोरियाली राजदूत पार्क छोङ सुकले गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई सो उपकरणहरु हस्तान्तरण गरेका हुन् ।
विविध प्राकृतिक वातावरणयुक्त नेपालमा विशाल हिमाल, पहाड र अनगिन्ती नदिनालाहरुहरुले सौन्दर्यता बढाउनुका साथै बाढी पहिरो, भूकम्प लगायत प्राकृतिक प्रकोपको सम्भावित जोखिमलाई पनि चुनौतिमय बनाउँदछ । जसको प्रतिक्रियाका लागि नेपालको गृह मन्त्रालय अन्र्तगत ‘प्रभावकारी संयन्त्र’ विकसित गरिएको छ । त्यही प्रणालीलाई अझ बलियो बनाउने प्रयास सहित कोरियाले आवश्यक सरसामग्रीहरु प्रदान गरि नेपाललाई समर्थन गर्ने निर्णय गरेको हो जसमा अत्याधुनिक प्रविधियुक्त उद्धारका उपकरणहरु पनि रहेका छन् ।
सो सहायतामा समावेश उपकरणहरु मध्येको एउटा हो, ‘ग्राउन्ड पनिट्रेटिङ रेडार, जीपीआर’ जसमार्फत उद्धारकर्मीहरुले पहिरोमा या भूकम्पमा पुरिएकाहरुको २० मिटर गहिराइसम्म सास र शरीर स्क्यान गर्न सक्नेछन् । त्यसैगरी अर्को डिस्प्ले सहितको आधुनिक ‘मेटल डिटेक्टर’ ले पनि पुरिएकाहरुलाई विगतमा भन्दा प्रभावकारी रुपमा पत्ता लगाइ उद्धारमा मद्दत पुर्याउने छ ।
FACEBOOK COMMENTS