अन्जन राज न्यौपाने
तनहुँ, २० पौष- ट्राफिक प्रहरी कार्यालय गण्डकी प्रदेश कार्यालय कास्कीले तनहुँ जिल्लाको सदरमुकाम दमौलीमा ट्राफिक ब्यवस्थापन सुधार कार्यक्रम शुरु गरेको छ। ब्यास नगरपालिका -३ स्थित ब्यासनगरपालिका कार्यालयको सभाकक्षमा उक्त कार्यक्रमको आयोजना गरिएको हो। स्वागत मन्तब्यका क्रममा बोल्दै ट्राफिक प्रहरी कार्यालय गण्डकी प्रदेशका प्रमुख प्रभुप्रसाद ढकालले ट्राफिक नियमको पालना गरौ दुर्घटनाबाट बचौ र बचाउ भन्ने मुल नाराका साथ कार्यक्रम आयोजना गरि कार्यक्रमको तर्जुमा गरिएको बताए । उनले वाषिर्क कार्यक्रम अन्तर्गत सवारी दुर्घटना कम गर्ने उदेश्यका साथ प्रदेशका११ वटा जिल्लाहरुमा सचेतनामुलक कार्यहरु एकै साथ शुरु गरिएको बताए । यात्राका क्रममा सवारी साधन चालकको लापरबाहीका कारण र सवारीसाधनहरुमा दुई पाग्रे सवारीसाधनहरु बढी मात्रमा दुर्घटना हुनेगरेको बताए । आईतवार देखि २ हप्तासम्म उक्त सचेतनामुलक कार्यक्रम गरिने जानकारी समेत उनले दिए। दुर्घटना न्युनिकरणका उपाय र नियन्त्रण विषयक कार्यक्रम गण्डकी प्रदेशका११ जिल्लाहरुमा सुचारु ढंगले संचालन गरिने ट्राफिक प्रहरी कार्यालय गण्डकी प्रदेशका कार्यालय प्रमुख ढकालले बताए ।
उद्घाटन कार्यक्रमका क्रममा गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमनले ब्यास-४ स्थित बजाज सोरुमका प्रोपाईटर टिका गिरीलाई मोटरसाइकलको हेल्मेट लगाई दिएर कार्यक्रमको उद्घाटन गरे। गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री समेत रहेका चुमानले आफ्नो शुभकामना मन्तब्यका क्रममा सवारी चालक र पैदलयात्रुलाई ट्राफिक सचेतना सम्बन्धि ज्ञान दिन अनिवार्य भएको भन्दै ट्राफिक ब्यवस्थापनमा गण्डकी प्रदेश सरकारले ट्राफिक प्रहरीलाई उपयुक्त नयाँ प्रविधि ,उपकरण र सचेतनामुलक सहयोगी सामाग्रीहरु प्रदान गर्दै आएको र आगामी दिनहरुमा सहयोगमा कुनै कसर बाँकी नराख्ने बताए । मन्तब्यका क्रममा उनले सवारीसाधनको चाप दिनानुदिन बढेको र विशेषगरी दुई पाग्रे सवारीसाधनका कारण दुर्घटनामा दिन प्रतिदिन बृद्धि भएको उनले जनाए । धेरै जसो सवारी दुर्घटना ओभर स्पिड र अत्यधिक ओभर कन्फिडेन्स तथा महत्वकाक्षंका कारण हुने गरेको उनले उल्लेख गरे । जिल्लाको प्रवेशद्वार आँबुखैरेनी देखि पश्चिम दक्षिण भेक कोत्रेसम्म ७२ किलोमिटर साघुरो बाटो भएका कारण सवारीसाधन दुर्घटना बढन गएको उनले जानकारी दिए। ‘ट्राफिक प्रहरीलाई प्रविधियुक्त बनाउन सिसिक्यामेरा, राडरगन,ब्रेथलाईजर , भिआईपीलस्क्ट मोटरसाइकल, मोबाइल गस्तिकालागि ट्राफिक भ्यान र घटना घटाएको सवारीसाधन कुन स्थानमा छ भनेर निश्चित गर्न ट्राफिक याप समयमै उपलब्ध गराउन प्रदेश सरकार कठिबद्द रहने छ’ उनले भने। जति सक्दो सडकमा हिड्ने पैदल यात्री र सवारीसाधन चालकहरूलाई सवारी दुर्घटना न्युनिकरण गराउन विभिन्न समयमा सचेतना मुलककार्यक्रम गर्न गराउन अति आवश्यक र अनिवार्य भएको पनि उनले बताए ।
यसैगरी ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले ट्राफिक प्रहरीको भवनकालागि पर्ती जग्गा पर्याप्त भए पनि पुर्जावाला जग्गा उपलब्ध हुन नसकेको बताए । ट्राफिक प्रहरीसँगको सहकार्यकालागि स्थानीय सरकारले पहल कदमी गरिरहेको पनि उनले उक्लेख गरे । यसैगरी ब्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपानेले प्रशिक्षण कार्यक्रममा दुई पाग्रे सवारीसाधन अत्याधिक दुर्घटना हुन जाने, किशोर युवाहरुमा अनुभवको अभावले बढी जसो दुर्घटना हुने गरेको र मोटरसाइकलका माध्यमबाट अत्याधिक लागुऔषध ओसारपसार गर्दा विकृति बढने गरेको बताए ।
तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यले यस्ता कार्यक्रमले देशको जिल्ला र प्रदेशको शान्ति सुरक्षामा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।यसैगरी जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख अरुण पौडेलले ट्राफिक ब्यवस्थापन गर्न गराउन स्थानीय सरकारले महत्त्वपूर्ण भुमिका निर्वाह गरेको बताए । ट्राफिक होडिङबोड सयौंको संख्यामा प्रदान हुँदा स्थानीयवासीलाई थप टेवा पुगेको र सवारीसाधन दुर्घटना र पैदल यात्रुको दुर्घटनामा कमी आएको पनि उनले जनाए । जिल्लाका जोखिमयुक्त स्थानहरु आँबुखैरेनी, बन्दिपुर ब्यासनगरपालिका, म्याग्दे गाँउपालिका र शुक्ला गण्डकी नगरपालिकामा सयौं थान ट्राफिक संकेतका बोर्डहरु स्थानीय सरकारको सहकार्यमा हस्तान्तरण हुँदा सवारी दुर्घटनामा तीब्र रुपमा न्युनिकरण भएको बताए ।
यसैगरी तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष – मानकाजी श्रेष्ठले ओभर स्पिडका कारण बढी जसो दुर्घटना हुन जाने बताए । उनले तनहुँ उद्योग बाणिज्य संघले जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँलाई ४९ थान सचेतना सम्बन्धि ट्राफिक होडिङ बोर्ड हस्तान्तरण गरिएको बताए ।
यस्तै पत्रकार भेटघाटका क्रममा ट्राफिक प्रहरी कार्यालय गण्डकी प्रदेशका प्रमुख प्रभु प्रसाद ढकालले चालक र सहचालकलाई सवारी दुर्घटना न्युनिकरण विषयक कार्यक्रम संचालन गरिरहेको जानकारी दिए । चालकसँग १ मिनेट कार्यक्रमले सवारी चालक र पदलयात्रु साथै ट्राफिक प्रहरी बीच सुमधुर सम्बन्ध स्थापित हुँदै गएको बताए । गण्डकी प्रदेश मै पहिलो तनहुँमा ट्राफिक ब्यबस्थापन र ११ जिल्लामा ट्राफिक सचेतना कार्यक्रम गरिदै आईएको पनि उनले उल्लेख गरे ।उक्त कार्यक्रमको संचालन जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख रेशमबहादुर रानाभाटले गरेका थिए।
FACEBOOK COMMENTS