अन्जनराज न्यौपाने
तनहुँ ,फागुन ४ जिल्ला स्थित ब्यास-४ दमौली कलेजको १२ औं बार्षिक उत्सब सम्पन्न भएको छ।वि,स२०५७ सालमा स्थापित भएको दमौली क्लेजको अभिभावक सम्मेलन तथा विधार्थी पुरस्कार वितरण गर्दै १२ औं बार्षिक उत्सबका प्रमुख अतिथि अशोककुमारले आफ्ना छोराछोरीका लागि शिक्षक मात्रै नभएर अभिभावकले पनि आफ्ना बाबुनानीहरुले पढे नपढेको विधालय आएनआएको र उनीहरुको साथीहरु ,विधालयका शिक्षकहरु संगको सम्बन्ध कस्तो रहेको छ भन्ने विषयमा अभिभावकहरु चनाखो रहनुपर्ने बताए ।
उनले पढाईलाई मात्रै नभै अतिरिक्त क्रियाकलापमा पनि क्रियाशीलता ,घरको क्रियाकलाप र बिधार्थी साथीहरु संगको बानी ब्यबहार कस्तो रहेको छ भनी उनीहरुको शारीरिक ,मानसिक विधार्थी,शिक्षक अभिभावकहरु बीच त्रिषक्ष्यीय प्रगाढ सम्बन्ध स्थापित गर्न सके विधार्थीको चौतर्फी विकास हुने बताउदै प्रमुख अतिथि श्रेष्ठले शिक्षकमा जस र अभिभावकमा विधार्थीहरुको लगानी खेर नजाने वताए ।
प्ले गुरुप देखि कक्षा१२ सम्म मोबाइलमा ब्यस्त रहने र बडी दुरुपयोग गरित खेल्न नदिन र एसईइ सम्मका विभिन्न कक्षा समुहका विधार्थीहरुको सुन्ने शैली ,बोल्ने शैली ,पढ्ने र लेख्ने शैली र अतिरिक्त क्रियाकलापमा संग्लन गर्न गराउन अतिनै जरुरी भएको बताए ।
गुणस्तरीय शिक्षा आजको आबश्यक्ता भएको बताउदै मनुष्य जीवन चेतनशील प्राणी भएको बताउदै विधालयका प्रधानाध्यापक कमल गुरुङले गहन संधर्ष र लक्षित उदेश्यबाट ब्याक्तित्व विकास हुने वताउदै उनले शिक्षा विनाको जीवन परिकल्पना गर्न पनि नसकिने बताए ।बैज्ञानिक डाक्टर ,ईन्जिनियर र उच्च ओहोदामा पुग्न चिन्ता नभै चिन्तन र परिश्रम जरुरी छ उनले भने।
यसैगरी सोही कलेजका सल्लाहकार महेन्द्र न्यौपानेले शिक्षा जीवन जिउने साँचो भएको बताउदै शिक्षाले ब्याक्तिमाईमानदारीता,लगनशीलता ,जिम्मेवारीपनलाई ख्याल राख्नु जरुरी हुन्छ उनले भने विधार्थीको जीवन सफल हुनु भनेको पढेर मात्रै नभै अन्य बाहिरी ब्यबहारिक अतिरिक्त क्रियाकलाप प्रति क्रियाशिल गराउनु जरुरी छ । काठमाडौ र भारतमा संचालनमा आएका प्रसिद्ध विधालय जस्तै गण्डकी प्रदेशकै नमुना विधालय रहेको दावी उनले गरे।
घर विधालयको पहिलो पाठशाला भएको बताउदै सल्लाहकार न्यौपानेले घरको वातावरण अनुसार विर्धार्थी को जिवनमा परिवर्तन आउने भएको बताउदै अभिभावकले आफ्ना सन्ततिका अगाडि घर परिवार र छिमेकी संग झगडा गरेको देखे ,मादक पदार्थ सेवन गरी होहल्ला गर्ने बानीले ,अनैतिक क्रियाकलापमा संलग्न भएको देखेमा छोराछोरीहरुले बाबुआमाको चाँडोभन्दा चाँडो सिक्ने र नकारात्मक बिधाआर्जन गर्न सक्ने भएको बताउदै त्यस प्रति सचेत रहन अभिभावकलाई आग्रह गरे। सम्मेलनमा शिशु कक्षा देखि कक्षा १० सम्मका विधार्थीहरुले बाल नृत्यप्रदर्शन ,विज्ञान र शैक्षिक सामाग्री पर्दशनी ,नाटक,एकल तथा सामुहिक नृत्य प्रदर्शन गरेका थिए। कार्यक्रमको सभापतित्व दमौली कलेजका प्राचार्य राजेन्द्र प्रसाद कैनीले गरेका थिए।
FACEBOOK COMMENTS