काठमाडौँ — धौलागिरि हिमालबाट बग्ने म्याग्दी खोला करिडोरमा २५ मेगावाट क्षमताको पहिलो दरबाङ म्याग्दी खोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ ।
५ अर्ब १५ करोड लागत अनुमान गरिएको आयोजनाको सिभिल वर्कतर्फको पावर हाउस तथा आवास गृहको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले शिलान्यास गरिन् ।
लामो समयदेखि विवादमा परेको आयोजनाले संस्थापक सञ्चालक परिवर्तनपछि काम अगाडि बढाएको हो ।
निर्माता धौलागिरि कालिका हाइड्रो लिमिटेडले सर्वसाधारणबाट संकलन गरेको संस्थापक सेयर लामो समयदेखि फँसेको छ ।
आयोजनाको ३० प्रतिशत संस्थापक सर्वसाधारण र ७० प्रतिशत बैंक क्लोजर रहने छन् ।
आयोजनाको बैंक क्लोजरमा प्रभु, कुमारी बैंकसमेत ६ वटा विकास बैंकरहेका छन् ।
— कान्तिपुर
FACEBOOK COMMENTS