काठमाडौं,कार्तिक १९ – विश्व प्रसिद्ध अनलाइन सेलर दराजले कात्तिक २५ गते ‘११ः११’ सेल डे मनाउने भएको छ । कम्पनीले वर्ल्ड बिग सेल डे ११ बर्ष पुगेको अवसरमा बिशेष छुटका साथ यहि कात्तिक २५ गते बिगसेल मेलाको आयोजना गर्ने भएको हो ।
मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अङ्ग्रेजी महिना नोभेम्वर ११ को अवसरमा दराजले (वल्र्ड विगेस्ट अनलाइन सेल डे) मनाउने जानकारी दिईयो ।
कम्पनीले मेगा डिल्स, वेलकम गिफ्ट, दराज साथीलगायतका नयाँ उत्पादनहरु मेलामा राख्ने तयारी गरेको छ । साथै कम्पनीले हरेक दिन ४० हजार प्याकेज उत्पादनहरु उपलब्ध गराउने भएको छ । एक दिने मेलामा मेगा डिल्समा मात्रै ८० प्रतिशत सम्म छुट हुने कम्पनीले जाकारी दिएको छ । साथै सो एक दिने मेलामा कम्पनीको ३ लाख भन्दा बढी उत्पादनहरुमा बिशेष छुट हुने छ ।
दराजमा अनलाइन मार्फत सपिङ्ग गर्ने प्रयोजनका लागि ग्राहकहरुले सानिमा, नबिल, नेपाल इन्भेष्टमेण्ट र स्ट्याण्डर्ड चार्टर्ड बैंकको कार्ड प्रयोग गर्दा सहुलियत पाउने छन् । दराजले आफ्नो एप मार्फत सामान किन्ने ग्राहकहरुको लागि ११ः११ को अवसरमा छुट दिने जानकारी गराएको हो ।
अनलाइन सपिङ्गका लगि दराजमा डेढ लाख आइटम समान राखिएको र सहज डेलिभरीका लागि आवश्यक क्षेत्र विस्तार र डेलिभरी स्टाफ समेत थपेको कार्यक्रममार्फत जानकारी दिएको छ । कम्पनीले इलेभेन.इलेभेन क्याम्पेनिङ्गकै लागि भनेर ४ हजार डेलिभरी स्टाफ थपेको छ भने सहज माग र वितरणका लागि सोही संख्यामा कामदार थपेको कम्पनीले जनाएको छ ।
साथै दराजले नेपाल भरिका दराज हबहरुमा कलेक्शन पोइन्ट सेवा पनि सुरु गरेको छ, जसले उपभोक्ताहरुको समय र पैसा बचाउनेछ । उपभोक्ताहरुले आफुले पहिले पैसा तिरिसकेको समानहरु आफुलाई सजिलो पर्ने समयमा आफू नजिकैको दराजहब बाट लिन सक्नेछन् जसले गर्दा वितरण फकिर्नु पर्दैन ।
FACEBOOK COMMENTS