काठमाण्डौ, साउन १४ – रुकुममा घटेको उक्त घटनाले आफु स्तब्ध भएको बताउँदै दलित शब्द शब्दकोषबाट हटाउनुपर्नेमा जोड दिए । श्रेष्ठले भने, ‘२१ औं शताब्दीमा आएर पनि १६ औं शताब्दीको जस्तो व्यवहार गरेकोमा दुःख लाग्यो, दलित शब्द नेपाली शब्दकोषबाट नहटाए सम्म मानिसहरुको मनबाट जातीय विभेद र छुवाछुत हट्दैन ।’ घटनालाई अप्रीय र अकल्पनीय भएको भन्दै त्यसप्रति खेद व्यक्त गरे । रुकुममा नरसंहार घटना हुनुुमा अशिक्षा सबैभन्दा ठुलो कारण भएको उनको तर्क थियो ।
पीडीत परिवारमा भुकम्प, बाढी/पहिरो एकैपटक आएकोमा दुःख व्यक्त गरे । उनले जताततै न्याय हराएपछि राज्यको चौथो अंग पत्रकारितामात्र न्यायको आशा गरिने स्थान भएको समेत औल्याए ।
FACEBOOK COMMENTS